spot_img

भारतीय नम्बरको एम्बुलेन्समा गाँजा ओसार्ने भारतीय पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय बाराले एम्बुलेन्समा गाँजा ओसारपसार गरेको आरोपमा एकजना चालकलाई पक्राउ गरेको छ ।
अढाइ किलो गाँजासहित भारतीय नागरिक ३२ वर्षीय रामविश्वास पासवानलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।
बीआर ०५ पिबि ५५२३ नं को भारतीय एम्बुलेन्समा गाँजा ओसारेको आरोपमा पासवानलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।
बरामद गाँजा, एम्बुलेन्स र चालकलाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको थियो ।
महागढीमाई नगरपालिकाको गंजभवानीपुरबाट गाँजासहित पासवानलाई पक्राउ गरिएको प्रउ काफ्लेले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

भारतले सीमा क्षेत्रको बाँध अग्लो बनायो : गौर डुबानको उच्च जोखिममा

१ जेठ, काठमाडौं । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन्...

सम्बन्धित खबर