spot_img

वीरगंज महानगरपालिकामा मेयर –उपमेयर पक्ष बीच दोहोरो झडप

पढ्न छुटाउनुभयो ?

वीरगंज २६ मङ्सिर । वीरगंज महानगरपालिकामा मेयर र उपमेयर पक्षका कार्यकर्ताहरू बीच दोहोरो झडप भएको छ । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष उपमेयर पक्षका कार्यकर्ताहरूले कब्जा गर्न लाग्दा विवाद भई दोहोरो झडप भएको हो।
मेयर राजेशमान सिंहको नयाँ कार्यकक्ष निर्माण भएपछि मेयर सिंह नयाँ कोठा सरेका थिए भने मेयर सिंह बस्दै आएको कोठा प्रमुख प्रशासकीय अधिकृतलाई दिने र प्रमुख प्रशासकीय अधिकृत बस्दै आएको कोठामा पन्जिकाअधिकारीको कार्यालय राख्ने निर्णय भएको थियो तर उपमेयर इम्तियाज आलमका कार्यकर्ताहरूले पन्जिकाअधिकारीलाई दिने भनिएको कोठाको तला फोरेर कब्जा गर्न खोजेपछि मेयर राजेशमान सिंहको कार्यकर्ताले प्रतिबाद गरेपछि विवाद चर्केर दोहोरो झप भएको थियो ।
मेयर सिंह भने झडप हुनुभन्दा केही समय अगाडि कार्यालयबाट बाहिरिएका थिए भने उपमेयर आलम भने कार्यालयमा नै थिए । दुई पक्षबीच तीन पटक झडप भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाको नेतृत्वमा सयौको संख्यामा प्रहरी परिचालन गरेको थियो । प्रहरीले दुवै पक्ष माथि सामान्य बल प्रयोग गरेको थियो । प्रहरी परिचालन भएपछि स्थिति सामान्य भएको छ भने प्रहरीकै पहलमा त्रिपक्षीय वार्ता गरी समस्या समाधान गर्ने प्रयास भैरहेको छ ।
मेयर–उपमेयर पक्षबीच दोहोरो झडप भएपछि कर्मचारीहरू आतङ्कित हँुदा सम्पूर्ण प्रशासनिक काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सशस्त्र प्रहरी तथा बिरगज हेल्थकेयरद्धरा निशुल्क कुर्सी बितरण

 वीरगज,३ चैत/ वीरगज हेल्थ केयरको सहयोग तथा सशस्त्र प्रहरी वल १३ नम्बर हेडक्वाटर पर्साको सयुक्त प्रयासले अपागटा भएका ४...

सम्बन्धित खबर