spot_img

वीरगंजमा सीताराम महोत्सव

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ माघ । भारतको अयोध्यामा राम मन्दिरको उदघाटन भइरहँदा वीरगंजमा त्यसको छुट्टै उत्सव देखिएको छ । वीरगंजका सडक सफा गरिएको छ भने पसलहरुमा रामनामी झन्डा गाडिएको छ । वीरगंज महानगरका मठमन्दिरलाई सजावट गरी आकर्षक पारिएको छ । प्रसिद्ध शक्तिपीठ माईस्थानको गहवामाई मन्दिर प्रांगणमा सोमवार साँझ १ लाख २५ हजार दियो बालेर भव्य दीप प्रज्वलन, महाआरती र हनुमान आराधनाको कार्यक्रम छ ।
वीरगंजकै घडीअर्वास्थित श्रीरामजानकी मन्दिरमा अयोध्याको नवनिर्मित राम मन्दिरको उदघाटनकै दिनको अवसर पारेर सोमवार भगवान् राम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठा गरिँदैछ।
सोमवार बिहान ८ बजे भव्य कलश यात्रा निकालिएको छ भने दिनभर प्राणप्रतिष्ठाको सम्पूर्ण पुजन विधि हुने, सवालाख बत्ती बालिने तथा साँझ महाआरती आयोजना गरेर छ ।
विश्व हिन्दू परिषद्ले सोमवार वीरगंजमा भव्य मोटरसाइकल र्यालीका साथै भव्य झाँकी प्रदर्शन गर्दैछ ।
आज पर्सा जिल्लाभर माछा, मासु र मदिराको बिक्री वितरण र सेवन निषेध गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस्







- Advertisement -spot_img
spot_img

ताजा खबर

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा...

सम्बन्धित खबर