spot_img

५४२ केजी गाँजासहित दुईजना पक्राउ

पढ्न छुटाउनुभयो ?

चितवन, ७ फागुन । चितवनमा ५ सय ४२ केजी गाँजा सहित दुर्ईवटा ट्रक र दुर्ईजना लाई नियन्त्रणमा लिइएको छ ।
इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले आज बिहान ८ः०० बजे राप्ती नगरपालिका वडा नं. ३ झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा चेकजाँचका क्रममा उक्त परिमाणमा गाँजा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रहरीले ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रक सामान पल्टी गरी शÍास्पद अवस्थामा रोकी राखेकोले उक्त दुवै वटा ट्रकलाई चेकजाँच गर्ने क्रममा ना ३ ख ७२४० नं. डिब्बा ट्रकमा लुकाई छिपाई राखेको अवस्थामा ३९ वटा पोकामा ५४२ किलो लागुऔषध गाँजा फेला पारेको हो ।
प्रारम्भिक अनुसन्धान गर्दा उक्त गाँजा धादिड्ढो मलेखुबाट ना ३ ख ६१२२ नम्बरको ट्रकमा लोड गरी उक्त स्थानमा ल्याई ना ३ ख ७२४० नं. डिब्बा ट्रकमा पल्टी गरेको थाहा हुनासाथ ना ३ ख ७२४० नं. डिब्बा ट्रक चालक जिल्ला धनकुटा छथर जोरपाटे गाउँँपालिका वडा नं. ३ का रमेशनाथ दाहाल र ना ३ ख ६१२२ नं. को ट्रकमा सवार कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नम्बर ४ का खुशीराम थारूलाई नियन्त्रणमा लिइएको हो । दुवै ट्रक र लागुऔषध गाँजा बरामद गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर