spot_img

हिन्दु राष्ट्रको पुनस्र्थापना पार्टीको एजेन्डा- अध्यक्ष राजेन्द्र लिङ्देन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनस्र्थापना पार्टीको एजेन्डा रहेको बताएका छन् ।
बुधवार बिहान वीरगंजमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका एजेन्डा लिएर अहिले राप्रपा जनताको बिचमा आएको बताए । उनले राप्रपाका यी मुद्दाको पक्षमा जनताको समर्थनपनि प्राप्त भइरहेको दाबी उनले गरे।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकप्रियताबाट अत्तालिएर ठूला दलहरूले दरबार हत्याकाण्डमा पूर्वराजालाई मुछ्ने गरेको बताए । उनले राजदरवार हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन ठूला दलहरूलाई चुनौती दिए । बारम्वार दरबार हत्याकाण्डसंग जोडेर पूर्वराजालाई धम्क्याउने र बदनाम गर्न खोज्नेहरूले हिम्मत छ भने छानबिन आयोग गठन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरे ।
दरवार हत्याकाण्डपछि शेरबहादुर देउवा,केपी ओली,प्रचण्ड, माधव नेपालहरू पटक पटक प्रधानमन्त्री भए । त्यतिबेला दरवार हत्याकाण्डको किन छानबिन गरेनन् ? किन राजालाई जेलमा हालेनन् ? लिङ्देनको प्रश्न थियो ।
अध्यक्ष लिङ्देनले नेपालमा गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनस्र्थापना नेपाली जनताकै बलमा हुनुपर्ने राप्रपाको मान्यता रहेको बताए ।यसमा कुनैपनि विदेशी शक्तिको हस्तक्षेप राप्रपालाई स्विकार्य नहुने उनले बताए ।
विदेशीको साथ र सहयोगबाट आउने कुनैपनि परिवर्तन स्थायी हुदैन । जनताको लागिपनि हितकर हुदैन ।यो कूरा गणतन्त्र,धर्मनिरपेक्षता र संघीयताले नै पुष्टि भइसकेको छ।
पत्रकार सम्मेलनमा राप्रपाका महामन्त्री धवलशम्सेर जबरा, नेता रविन्द्र मिश्र, सांसद ज्ञानेन्द्र शाही, बिना जयसवाल लगायतकोपनि उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर