spot_img

चितवनमा १५ दिनसम्म चल्ने विक्रम बाबा मेला सुरु

पढ्न छुटाउनुभयो ?

चितवन , २६ चैत/

नेपाल कै पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने एक मात्र विक्रम बाबा मेला आजदेखि सुरु भएको छ ।

चैते दशैंका अवसरमा लाग्ने मेलाको आज निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पूर्जा पुन र खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले संयुक्त रुपमा बिक्रमबाबाको पुजा आराधना गरी शुभारम्भ गर्नुभयो ।

आजदेखि सुरु भएको मेला १५ दिनसम्म चल्नेछ । चैतेदशैंलाई लक्षित गरी हरेक बर्ष चैत्र औंसीदेखि पूणिर्मासम्म मेला लाग्छ । मेलामा होटल, खुद्रा सामाग्री, कपडा लगायतका स्टलहरु छन् । बनभोज स्थलको समेत व्यवस्था गरिएको छ । विक्रमबाबाको दर्शन गर्न जाने भक्तजनहरुहरुका लागि राप्ती नदीमा डुङ्गाको ब्यवस्था गरिएको छ, जसका लागि सहज रुपमा निकुञ्ज खुल्ला समेत गरिएको छ ।

विक्रम बाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भएपनि पछिल्लो समय अन्य जातजातीहरुको पनि यसमा आस्था बढेको देखिन्छ । विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् ।

किम्बदन्तीका अनुसार विक्रम नाम गरेको आदीबासी -गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउमा पुजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ । साभार ntv

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर