spot_img

मेयर सिंहले गरे स्वास्थ्य चौकी भवनको शिलान्यास

पढ्न छुटाउनुभयो ?

बैशाख ३१/ पर्सा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र वडा नम्बर १२ का वडाअध्यक्ष सुरेश गुप्ताले सयुँक्त रुपमा शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वास्थ्य चौकी भवन निर्माण भएपछि वडाका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरे । १७ चैत २०८० मा स्वास्थ्य चौकी भवन निर्माणका लागि दिब्य सूर्याेदय आस्था जे.भि.सँग वीरगञ्ज महानगरपालिकाले सम्झौता गरेको थियो ।

वीरगञ्ज महानगरपालिकाले ८६ लाख ३६ हजार ६९६.६२ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता गरेको हो । स्वास्थ्य चौकी भवन निर्माण यही असार १५ गतेसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यसअघि भाडामा सञ्चालित स्वास्थ्य चौकी भवन निर्माणपछि आफ्नै भवनमा सञ्चालन आउने वडाअध्यक्ष गुप्ताको भनाई छ । स्वास्थ्य चौकीमा अहिले ५ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

शिलान्यास कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराई, वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का पूर्व वडाअध्यक्ष रामदरश कुशवाहा, जनप्रतिनीधि, बुद्धिजिवी, समाजसेवी तथा स्थानीयको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर