spot_img

हैजा फैलिन सक्ने भन्दै प्रजिअद्वारा राजपुर नपा सिल

पढ्न छुटाउनुभयो ?

रौतहट, ६ असोज । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आदेशपत्र जारी गर्दै राजपुर नगरपालिका अन्तर्गत वडा नं. ४ मा सिल गर्न आदेश जारी गरेका छन् । सो क्षेत्रमा हैजा फैलिने सक्ने डरले सो क्षेत्र सिल गर्ने निर्णय गरिएको प्रजिअ रेग्मीले जनाएका छन् ।
राजपुर नगरपालिका वडा नं. ४ जोवैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलिहान देखि डा. नुरूल होदाको घरसम्मको वरीपरीको घरधुरी क्षेत्र सिल गर्न आदेशमा उल्लेख छ । गत असोज २ गते प्रारम्भिक रूपमा १ जनामा देखिएको झाडा पखालाको बिरामी संख्या बढ्दो क्रममा रहेको बताइएको छ । आरडीटी एवं कल्चर टेस्टबाट हैजा देखिएको भन्ने रिपोर्ट प्राप्त भएको छ ।
आदेशमा आजदेखि अर्काे आदेश नभएसम्मको लागि तोकिए बमोजिमको क्षेत्रहरूमा स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखको अनुमति बेगर स्वास्थ्यकर्मी सुरक्षाकर्मी र सरसफाइकर्मीहरू र अत्यावश्यक एवं अत्यन्त जरूरी काममा बाहेक कुनै पनि व्यक्तिहरूको हिँडडुल गर्ने र एक अर्काे घर वा बस्तीमा आवतजावतमा नियन्त्रण गर्न भनिएको छ ।
अत्यावश्यक सेवा बाहेकका सवारी साधनहरूको आवतजावतमा नियन्त्रण गर्न तथा उक्त क्षेत्रमा माछा, मासु ओसारपसार र बिक्री वितरणमा नियन्त्रण गर्न आदेश जारी गरिएको छ ।
त्यस्तै सम्बन्धीत स्थानीय तहको स्वास्थ्य शाखाबाट जारी गरिएका अन्य आदेश र शर्तहरूको कार्यान्वयन गर्ने गराउन भनिएको छ ।
रौतहटको राजपुर नगरपालिकाको दुर्ई वटा वडामा हैजा रोग फैलिएको छ । पछिल्लो तिन दिनमा राजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ मा हैजाको लक्षणसहितका बिरामीको संख्या ६२ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर