spot_img

नदीजन्य पदार्थको ठेक्का लागेन, अवैध उत्खनन जारी/सरोकारवाला मौन

पढ्न छुटाउनुभयो ?


पर्सा जिल्लाका खोलाहरूको ठेक्का लाग्न नसक्दा नदीजन्य पदार्थको अवैध उत्खनन तीव्र गतिमा भइरहेको छ । प्रत्येक वर्ष सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्मको लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाउँदै आएको छ ।

यो अवधिमा प्राविधिक टोलीले नदीजन्य पदार्थको मूल्याङ्कन गर्ने र प्रारम्भिक वातावरणीय परीक्ष्Fण प्रतिवेदन तयार गरेका पालिकाहरूलाई नदीजन्य पदार्थको उत्खननका लागि इजाजत प्रदान गर्ने गर्छ । एकपटक प्रारम्भिक वतावरणीय परीक्ष्Fण प्रतिवेदन तयार गरेको पालिकाले दुई वर्षसम्म नदीजन्य पदार्थको उत्खनन गर्नको लागि ठेक्का लगाउन सक्छ । अहिले सरकारले रोक लगाएको अवधि सकिएको छ तर पनि पर्सा जिल्लाका पालिकाहरूले आफूमातहतका नदीहरूको ठेक्का लगाउन सकेका छैनन् ।

ठेक्का लगाउन नसक्दा जेठ मसान्तदेखि रोकिएको नदीजन्य पदार्थको अवैध उत्खनन भने जारी छ । पर्सा जिल्लामा वीरगंज महानगरपालिका अन्तर्गत भेडाहा खोला, पर्सागढी नपा अन्तर्गत कर्जनिया र सिंघाही, सखुवाप्रसौनी, पटेर्वासुगौली अन्तर्गत जमुनिया, पटेर्वासुगौली, जीराभवानी अन्तर्गत भलुवाही, पटेर्वासुगौली अन्तर्गत गादी, जीराभवानी अन्तर्गत ओरिया, ठोरी अन्तर्गत ओरिया नदीहरू पर्छन् । ओरिया नदी जगरनाथपुर र छिपहरमाई अन्तर्गत पनि पर्छन् । छिपहरमाईमा रहेको ओरिया खोलाको उत्खननमा रोक लगाइएको छ । त्यहाँ भारतीय पक्षले अवैध उत्खनन गर्दा बाढीको बखत स्थानीयको क्षति बढी हुने गरेकाले सो पालिका अन्तर्गतको खोलाको उत्खनन रोक्का छ । त्यसबाहेक सखुवाप्रसौनी, पटेर्वासुगौली अन्तर्गतको जमुनिया खोला र पटेर्वासुगौली, जीराभवानी अन्तर्गतको भलुवाही खोलामा दुई पालिकाबीचको विवादले ठेक्का लाग्न सकेको छैन ।

बाँकी खोलाहरूको ठेक्का लगाउनुपर्नेमा पालिकाहरूले चासो देखाएका छैनन् । नदीजन्य पदार्थको ठेक्काबाट पालिकाहरूको आन्तरिक स्रोतमा लाखौं रुपैयाँ वृद्धिमा सघाउ पुग्ने भएपनि यसतर्फ पालिकाहरूले खासै चासो देखाएका छैनन् । वीरगंज महानगरपालिकाले पनि भेडियाही खोलाको ठेक्का लगाएको छैन । दशैंपछि यो खोलाको ठेक्का लगाउने सुरसारमा महानगर छ ।

प्रदेश अन्तर्गतको पर्सा जिल्लाका खोलाहरूमा प्रदेश सरकारले नै नदीजन्य पदार्थ उत्खननको मापदण्ड तय गर्ने गर्छ । दैनिक र वार्षिक उत्खननको तालिका अनुसार पालिकाहरूले नदीजन्य पदार्थको उत्खनन गर्नुपर्ने हुन्छ । यसको अनुगमन जिल्ला समन्वय समितिले गर्छ । जिल्ला समन्वय समितिमार्फत वातावरणीय परीक्षण प्रतिवेदन तयार हुन्छ र त्यसलाई डिभिजन वन कार्यालयले अन्तिम रूप दिएपछि नदीजन्य पदार्थ उत्खननको लागि ठेक्का लाग्ने गर्छ ।

यसैगरी, पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतका खोलाहरूको पनि ठेक्का लाग्न सकेको छैन । निकुञ्ज भएर बग्ने खोलाहरू भलुवाही, महादेव, जमुनियाबाट बोल्डरको लागि मात्र ठेक्का लाग्ने गर्छ । त्यसबाहेक निकुञ्जले ग्राभेल, बालुवाको ठेक्का लगाउँदैन । बोल्डरको लागि निकुञ्जका खोलाहरू चर्चित छन् तर ठेक्का नलगाउँदा अहिले निकुञ्जलगायत पालिका अन्तर्गतका खोलाहरूबाट नदीजन्य पदार्थको अवैध उत्खनन तीव्र गतिमा भइरहेको छ । यसको नियन्त्रण पालिका, वन र स्थानीय सुरक्ष्Fाकर्मीहरूले गर्नुपर्नेमा सबैको मिलेमतो रहेको देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर