spot_img

साह अपहरणमुक्त, नाबालकसहित चारजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा एकजना नाबालकसहित चार जना पक्राउ गरेको जनाएको छ । जिल्ला बारा कलैया उप–महानगरपालिका वडा नं.१८ बस्ने वर्ष २६ को सुधिर प्रसाद साहलाई वैशाख १६ गते राति ९ः४५ बजे वीरगंज महानगरपालिका वडा नं.१२ मुर्लीबाट प्रहरीले उद्धार गरेको थियो । साहलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम माग गरेको आरोपमा प्रहरीले वीरगंज म.न.पा.वडा नं.१२ मुर्ली बस्ने वर्ष २३ को रिकेश कुमार गुप्ता, वर्ष २५ को राजन गुप्ता, जिल्ला पर्सा सखुवाप्रसौनी गा.पा.वडा नं.३ बस्ने वर्ष २४ को सिकेन्द्र साह र एकजना नाबालकलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । पक्राउ परेका चारैजनालाई पर्सा जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर