spot_img

श्रोत नखुलेको साढे ९ लाखसहित तीनजना भारतीय पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ बैशाख । सशस्त्र प्रहरी बल पर्साले श्रोत नखुलेको नगद सहित तीन जना भारतिय नागरिक र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिई भन्सार दाखिला गरेको जनाएको छ । आज साँझ वीरगंज भन्सार कार्यालय नजीकै सवारी साधनहरू चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्ष्Fा गुल्म वीरगंजबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको बिआर २२ पी ८३०० नम्बरको स्कार्पियो गाडीको सिट पछाडिको पकेटभित्र लुकाई छिपाई राखिएको श्रोत नखुलेको ९ लाख ५९ हजार रकमसहित तीनजना भारतीयलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले भारत, पश्चिम चम्पारण, बेतिया ग्राम पंचायत, वडा नं.–७ बस्ने अन्दाजी वर्ष ५९ को विजय प्रसाद, जौकटिया ग्राम पंचायत, वडा नं.–१२ बस्ने अन्दाजी वर्ष ४६ को मनोज कुमार सहनी, छाउनी चोक ग्राम पंचायत वडा नं.–२७ बस्ने अन्दाजी वर्ष ४३ को सन्तोष कुमार श्रीवास्तवलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरी पक्राउ परेका व्यक्ति र गाडीमा कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर