spot_img

राष्ट्रिय स्वतन्त्र पार्टीको छिपहरमाईमा वडा भेला सम्पन्न

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको छिपरमाइ पालिका–४ को प्रथम भेला सम्पन्न सम्पन्न भएको छ । आज छिपरमाइको तुलसीबार्वामा वडा नं. ४ को प्रथम वाडा भेला सप्पन्न भएको हो ।
भेलाले राजुकुमार पाण्डेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हरदेव सहनी, सचिव निरज साह सुनार, कोषाध्यक्ष अशोक राउत कुर्मी, सदस्यहरु रमेश शाह, सुदर्शन प्रसाद शाह, कृष्ण सहनी, मङ्गल शर्मा लोहार, रामदेव पण्डित, त्रिलोकी पाण्डे र जीत महतोलाई चयन गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रको अध्यक्षमा सप्पन्न भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले युवाहरुको नवीन र सुझबुझपूर्ण सोच नै देश बिकासको आधार भएकोले २०८४ को आमनिर्वाचनमा नेपाली जनताले रास्वपाको सोच र सिधाान्तलाई अनुमोदन गरेर देशको चाबी युवाहरुको हातमा सुम्पने निश्चित रहेको बताए । सभापति पन्तले रास्वपालाई नेपाली जनताले अब देशको बैकल्पिक शक्ति भन्दा पनि मुख्य राजनीतिक शक्तिको रूपमा देख्न चाहेको समेत बताएका थिए ।
रास्वपाका संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले सन्चालन गरेका भेलालाई पार्टीका केन्द्रिय सदस्य डा नन्दन यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर