spot_img

बिहेको प्रलोभन देखाइ करणी गरेको आरोपमा भारतीय युवक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ जेठ । बालिकालाई बिहेको झुठो प्रलोभन देखाई भारतमा लगेर करणी गरेको आरोपमा एकजना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल वीरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वामा डेरा लिएर बस्दै आएका २५ वर्षीय मनिष पासवान रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । बालिकाले प्रहरीमा दिएको उजुरी अनुसार पासवानले गत मंसिर २५ गते ती बालिका बजार गर्न घरबाट निस्किएकी थिइन् । त्यहि बेला उनीसँग प्रेम सम्बन्धमा रहेका पासवानले बिहे गर्छु भन्ने प्रलोभन दिएर भारत लगेका थिए । बालिकाका अभिभावकले छोरी सम्पर्कविहीन भएको भन्दै खोजतलाशका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए । जेठ ११ गते बालिकालाई वीरगंजमा ल्याई छाडेर फरार भएका पासवानलाई जेठ १२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् । बालिकाले भारतमा लगेर राखेका पासवानले आफूसंग पटक पटक करणी गरेको बयान दिएको लम्सालले बताए । पक्राउ गरिएका पासवानलाई करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्
ads
ads
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ...

सम्बन्धित खबर