spot_img

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
अत्यधिक गर्मीको कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर देखिएपछि उपमहानगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ २८ गतेदेखि ३० गतेसम्म बन्द रहने जनाएको हो ।
कलैया उपमनपाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिव कुमार यादवले सूचना जारी गर्दै अत्यधिक तापमानका कारण विद्यार्थीहरूमा समस्या देखिन थालेकाले विद्यालय बन्द गर्नुपरेको र असार १ गतेदेखि पुनः नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरेका छन् ।
मधेशका जिल्लामा विगत दुई दिनदेखि अत्यधिक गर्मी चर्केको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर