दिपक कुुशवाहा वीरगज ८ असार भारतीय सिमा सुरक्षा बप एसएसवीले पर्साका व्यापारीसंग मोटो रकम असुल गरेपछि अहिले पर्साका बिभिन्न ठाउहरुबाट तस्करीको लाई सुचारु गरेको समाचार प्राप्त भएको छ । भारतका सिमा रक्षा गर्न कालगी सिमा खटेका एसएसवीकाका प्रमुख हरुले रातीको बेला लाईन दिने गरेका छन । स्रोतका अनुसार तरुकरीकोका लाईन दिने समयमा भारत सरकारले प्रतिबन्ध लगाएका अबैध समानहरु नेपालबात भारत छिर्ने गरेको स्रोतले दावी गरेको छ । जस्को लागी भारत सरकारले बर्षेनी करोडौ रुप्ैया खर्चे सिमा एसएसवीका वजानहरुहरु खटाएको छ । भारत सरकारले शख्त रोक लगाएको समानहरु पनि रातीको बेला खुलेआम भारत जानेकोे दखिन्छे ।
नेपालको मुख्य प्रवेशद्वारको रूपमा चिनिने पर्सा जिल्लाका नाका तस्करहरूको स्वर्णद्वार बनेका छन्। हरेक दिन करोडौँको तस्करी पर्सा जिल्लाका नाकाहरूबाट हुने गरेको छ। बिना कुनै रोकतोक निर्बाध भइरहेको तस्करीले नेपालको प्रवेशद्वारलाई तस्करहरूको लागि सबैभन्दा ठुलो कमाइ गर्ने द्वार बनेको देखिएको छ।
रौतहटको चन्द्रनिगाहपुर प्रहरीले वीरगंजबाट सर्लाहीतर्फ जाँदै गरेको ना ७ ख ६७६७ नम्बरको मिनिट्रकलाई शुक्रबार नियन्त्रणमा लिएको छ। पर्साबाट तस्करी भएर कपडा, चिनी, खाद्यान्न, तेल तथा स्पेयर पार्टस्सहित करिब ४५ लाख ५६ हजारभन्दा बढीको मालसामान नियन्त्रणमा लिएर चन्द्रनिगाहपुर प्रहरीले राजस्व कार्यालय पथलैयामा बुझाएको छ।
यसै गरी पर्साबाटै बा ५ ख ३६० नम्बरको ट्रकमा टायर, किसमिस, किराना तथा स्पेयर पार्टस्लगायतको सामान इटहरीतर्फ जाँदै गरेको अवस्थामा सर्लाहीमा बागमती प्रहरीले नियन्त्रणमा लिएको छ। गत बिहीबार बागमती प्रहरीले नियन्त्रणमा लिएको तस्करीको सामानको मूल्य करिब ४२ लाख भएको प्रहरीको दाबी छ। प्रहरीले सामानसहित ट्रकलाई आन्तरिक राजस्व कार्यालय पथलैयामा आवश्यक कारबाहीको लागि बुझाइसकेको छ।
पर्सा जिल्लामा बोर्डर तस्करी नियन्त्रणको जिम्मा लिएको सशस्त्र प्रहरी बल गण नम्बर १३ अन्तर्गत ५ गुल्म र १७ ओटा बेस बिओपीहरू रहेका छन्। बोर्डरमा नेपाल प्रहरीको युनिट पनि ठाउँ ठाउँमा रहेका छन् तर पर्साको विभिन्न नाकाबाट तस्करी भएको सामान जिल्लाको विभिन्न भागमा पुगेर पक्राउ परिरहनुले पर्सामा सशस्त्र र जनपथ प्रहरीको मिलोमतोमै तस्करी भइरहेको बुझ्न कुनै अप्ठ्यारो छैन।
सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा सीमा सुरक्षा गुल्म सुवर्णपुर, भिखमपुर, वीरगंज, अलौ र लहावर थकरीको मातहतमा १७ ओटा बेस बिओपीहरू रहेका छन्। सबैको मिलोमतोमा पर्सामा तस्करी भइरहेको देखिएको छ।
मधेश प्रदेशमा सबैभन्दा बढी पर्साको भिस्वा नाकाबाट नेपाली तथा चाइनिज उत्पादनका सामानहरूको तस्करी भइरहेको छ। नेपालबाट स्याउ, चाइनिज स्टील, इलेक्टिक चुरोट तथा कबाड तस्करी भइरहेको छ। यसै गरी भारतबाट धान, गहुँ, चामल, कपडा, स्पेयर पार्टस्को व्यापक तस्करी भइरहेको छ। चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्मको सेटिङमा तस्करी भइरहेको आरोप लाग्दै आएको छ।
नेपाल प्रहरीका सई संजीव तामाङलाई केन्द्रले नै भिस्वा प्रहरी चौकीजस्तो तस्करीको मुख्य क्षेत्रमा इन्चार्ज तोकेर पठाएपछि पर्साको तस्करीको सेटिङ निकै माथिसम्म हुने आशंका उब्जाएको स्थानीयको भनाइ छ। सई तामाङ करिब दुई महिना पहिले भिस्वा प्रहरी चौकीको कमान्ड सम्हाल्न आइपुगेको छन्। तामाङले जस्तै अमरपटीमा सई सुनिल पनेरु, सिर्सिया ड्राइपोर्टमा वरिष्ठ सई गगन शाह, छपकैयामा वरिष्ठ सई केदार तिमल्सिना, इनर्वामा सई रोशन थापा, परवानीपुरमा सई आदर्श खतिवडा, नगवामा सई अजय रामलाई प्रहरी प्रधान कार्यालयबाट नै काज सरुवा गराई इन्चार्ज ओगटेर बसेका छन्। जसमध्ये पनेरु १८ महिनादेखि पर्सामा छन्। उनी ड्राइपोर्ट र जिल्ला प्रहरीको क.प्र. शाखा हुँदै अहिले अमरपटी नाकाको कमान सम्हालेका छन्।
परवानीपुरमा कार्यरत सई आदर्श खतिवडा करिब पाँच वर्षदेखि पर्सामा रहेका छन्। उनको सरुवा अन्यत्र भए पनि पावर र पहुँचको भरमा पर्सा जिल्लाका सबै आकर्षक ठाउँमा कमान्ड गरिसकेको स्थानीयको भनाइ छ।
पर्साको अमरपटी नाकाबाट कुखुराको चल्ला, तयारी कुखुरा, धान, गहुँ, मसुरो, कपडा, काजु, रजनीगन्धा, स्पेयर पार्टस्, किरानासहित चार दर्जनभन्दा बढी तस्करहरूका सामान निर्बाध तस्करी भइरहेको छ। अमरपटी नाकाबाट भैँसी, पाडा र गाईको पनि व्यापक तस्करी हुने गरेको छ।
भिस्वा, अमरपटी मात्रै होइन पर्साका अधिकांश ट्रान्सपोर्टमा तस्करीको सामान सिर्सिया र छप्कैया नाकालाई तस्करीको स्वर्णद्वार नै मानिन्छ। सिर्सिया, इनर्वा र छप्कैया नाका भएर हरेक दिन सयौँ महिलाले सामान तस्करी गर्दै आएका छन्। एक जनाले दिनको पाँचौँ खेप तस्करी गर्ने गरेको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार डिउटीमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानदेखि इन्चार्जसम्म पोके तस्कर, साइकल, मोटरसाइल र तीन पांग्रे सबारी साधनका तस्करहरूबाट मोटो रकम असुल गरी निर्बाध तस्करी गर्न दिएका छन्।
यसै गरी पर्साको मिर्जापुर, ढोंडे, जानकी टोला, टिहुकी, नगवा, भिस्वा, अमरपटी, ड्राइपोर्ट, सिर्सिया, इनर्वा भन्सार, इनर्वा गाउँ, ठोरी लगायतका नाकाहरूबाट सुरक्षाकर्मीको सेटिङमा दिन र रात तस्करी भइरहेको छ।
पर्साका प्रहरी प्रमुख गौतम मिश्राले तस्करीबारे अनभिज्ञता प्रगट गर्दै मातहतका निकायलाई तस्करी नियन्त्रण गर्न निर्देशन दिएको बताएका छन्।
घुमुवा नै असुली धन्दामा
देशको अन्यत्र प्रदेश र जिल्लामा सरुवा भएर पनि पर्सामा बसेका प्रहरी वरिष्ठ हवलदार दलबहादुर थापा, प्र.ब.ह. अर्जुन साह कानु ६ वर्ष, प्र.स.ह मनोज ठाकुर ४ वर्ष, प्र. ह अजय यादव १० वर्ष, प्रसह शिवशंकर यादव, प्र. ज विश्वजित सिंह ८ वर्ष, प्र. ज लालबाबु मिया ६ वर्षमाथि,१० वर्ष, प्र.स.ह. फिरोज मनसुर १० वर्ष, प्र. ज आशिस पौडेल ४ वर्षमाथिदेखि पर्सामै बसिरहेका छन्। प्र.स.ह फिरोज मंसुरलाई टाइगर टोलीको कमाण्डर बनाइको छ। पर्साबाट हुने तस्करी, दुई नम्बरी कारोबार, जुवातास, क्यासिनो, हुण्डी कारोवार जस्ता कानुन विपरीत क्रियाकलापमा संलग्नता रहेको देखिएको छ।
वीरगंजका अनिल पटेलले आफ्नो फेसबुकमा बैंकिंग कसुरमा पक्राउ परी जिल्ला प्रहरी कार्यालयमा बस्दा जिल्ला प्रहरी कार्यालयमा सबै किसिमको सेटिङ हुने गरेको उल्लेख गरेका छन्। पटेलले भनेका छन्, ‘गृह मन्त्रालय तथा बहालवाला आइजिपी दिपक थापाको ध्यान केन्द्रित गराउन चाहन्छु। जोसँग पैसा छ, काम हुन्छ नत्र धेरै पीडा भोग्नुपर्छ, न्यायको अनुभूति हुँदैन। सेवाभन्दा कमाउन खटिएको अनुभूति भयो।’
पर्सा जिल्लामा भन्सारदेखि प्रहरी कार्यालयसम्म सेटिङ र कमाउने प्रवृत्ति हावी भएको सेवाग्राहीहरूको सार्वजनिक प्रतिक्रियाले पर्सा प्रहरीको वास्तविक अनुहार देखाइरहेको छ। स्रोत नागरिक