spot_img

चरेससहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ असार । जिल्ला प्रहरी कार्यालय बाराले अबैध लागुऔषध चरेससहित एकजनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका नं. १६ घर भई हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ सिदरीया टोल बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकीलाई करीब दुई किलो चरेस र नेरु, भारु नगदसहित प्रहरी चौकी पथलैयाले पक्राउ गरेको जनाएको छ । प्रहरी नायब निरीक्ष्क बब्बी बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकमा नारायणघाटबाट आउदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्री बाहक बसलाई रोकी चेक जाँच गर्दा सह–चालक साइडको सिटमा बुढाथोकीले कालो झोलामा अवैध लागुऔषध चरेससहित पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले १ किलो ९३३ ग्राम लागू औषध चरेस र ६० हजार ५०० नेपाली तथा ३९ हजार २१७ रुपियाँँ भारू गरी १ लाख २३ हजार रुपियाँ बरामद भएको र थप अनुसन्धान भइरहेको जिप्रका, बाराले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर