spot_img

महिला स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट फोन वितरण

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३० असार । वीरगंज महानगरपालिकाले वडा तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्ट मोबाइल फोन वितरण गरेको छ ।
सोमवार नगर प्रमुख राजेशमान सिंहले ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सेवा प्रवाहमा प्रविधिको सहजीकरणको लागि पहिलो चरणमा वडा नं. १ देखि १६ सम्म कार्यरत ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राजु साहले बताए । बाँकी वडा नं. १७ देखि ३२ सम्म का स्वयंसेविकालाई एक हप्ताभित्रै वितरण गर्ने तयारी गरिएको उनले जानकारी दिए।
महानगरका ३२ वटै वडामा हाल १९८ जना स्वयंसेविका कार्यरत रहेको र स्वास्थ्य स्वयंसेविकाहरूलाई मोबाइल वितरण गर्नुको उद्देश्य फिल्डमा काम गर्न सजिलो बनाउनु रहेको उनले बताए ।
गर्भवती महिलाको नियमित जाँच, बच्चाहरूको खोप लगाउने समयको जानकारी र त्यसपछिको रिपोर्टिङ जस्ता कार्यमा उनीहरूलाई प्रविधिको प्रयोगले सहज बनाउने आशा गरिएको छ ।
संघ र प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाप्रति न्यून सुविधा व्यवस्था गरेकोप्रति असन्तोष व्यक्त गर्दै महानगरले उनीहरूको भत्ता र सुविधामा केही वृद्धि गरेको र आगामी दिनमा पनि यो निरन्तर जारी रहने नगरप्रमुख सिंहले बताए । कार्यक्रममा महानगर प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, स्वास्थ्य शाखाका अन्य पदाधिकारी, विभिन्न वडाका अध्यक्षहरू र स्वयंसेविका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

जिप्रका, पर्साद्वारा दीपावली र छठमा पटाका नपडकाउन अनुरोध

वीरगंज, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार सूचना जारी गर्दै दिपावली, छठ पर्वको उपलक्ष्यमा घरघरमा पटका नपड्काउन,...

सम्बन्धित खबर