spot_img

धोबीनी गाउँपालिकालाई ७ दिनको अल्टिमेटम सूचना नदिए तालाबन्दीको चेतावनी

पढ्न छुटाउनुभयो ?

दिपक वीरगज १९ साउन/पर्साको धोबीनी गाउँपालिकामा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै स्थानीय नागरिकहरूले दबाब बढाउँदै औपचारिक रुपमा जिल्ला प्‌शासान कार्यलय पर्सामा पुगी ज्ञापनपत्र बुझाएका छन् । किशोरी साह कानुको नेतृत्वमा पटक–पटक सूचना माग गरिए पनि पालिकाले जवाफ नदिएको भन्दै आज नेकपा एमालेको टोलीले आज जिप्रका पुगी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन बुझाएको स्थानिय नेता सुनिल साह कानुले जानकारी दिएका छन ।
ज्ञापनपत्रमा आर्थिक वर्ष ०८०/८१ मा संचालित का योजना तथा बजेट विवरण, उपभोक्ता समिति र निर्माणको पारदर्शिता, शिक्षक तथा स्वास्थ्यकर्मीको नियुक्ति प्रक्रिया, खर्चको लेखाजोखा, विद्यालय, खानेपानी तथा सामाजिक विकास योजनाहरूमा देखिएका अनियमितता लगायतका विषयमा तत्काल सूचना दिन माग गरिएको छ । नेकपा एमालेका नेता सदाम हुसैनले चेतावनी दिँदै अवको ७ दिनभित्र माग गरिएका सूचनाहरूको जवाफ नगरिएमा, हामी बाध्य भएर पालिका भवनमा तालाबन्दी गर्नेछौं। सूचना माग गर्ने स्थानीयहरूका अनुसार, धोबीनी गाउँपालिकाले लामो समयदेखि सूचना लुकाउने, जनप्रतिनिधिहरूलाई पनि जवाफ नदिने, तथा योजना कार्यान्वयनमा अपारदर्शी ढंगले काम गर्दै आएको आरोप स्थानियहरु लगाएका छन ।
स्थानीयहरूद्वारा सुरु गरिएको यो पहललाई सशक्त जनदबाबको रूपमा लिइएको छ, जसले पालिकालाई जवाफदेही बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

- Advertisement -spot_img
spot_img

ताजा खबर

जुवाखालबाट ५० हजार नगदसहित तीनजना पक्राउ

वीरगंज, २७ असोज । पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. १६ फुलवारी टोल स्थित रोशन रौनियारले सञ्चालन गरेको...

सम्बन्धित खबर