spot_img

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ साउन । बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय, पर्साले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा ठोरी गाउँँपालिका २ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साह रहेको प्रहरीले जनाएको छ । साहले साउन २१ गते बिहान ठोरीस्थित जंगलमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीको दावी छ । बाख्रा चराउन गएकी बालिकालाई एक्लै पारेर १० रुपियाँको नोट दिई फकाउँदै जबरजस्ती करणी गरेको जाहेरी परेपछि साहलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए । बालिकाको जाहेरीका आधारमा पक्राउ परेका साहमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा चलाई अनुसन्धान थालिएको प्रवक्ता लम्सालले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर