बारा, ३१ श्रावण । जनमत पार्टीका केन्द्रीय सदस्य तथा पूर्व वरिष्ठ पत्रकार उमेश दुबेले नगर प्रमुख वा गाउँपालिका अध्यक्ष पदमा आकांक्षा राख्ने व्यक्तिमा आवश्यक गुणहरूबारे धारणा सार्वजनिक गरेका छन्।
उनले भनेका छन्, “नगर प्रमुख वा गापा अध्यक्ष बन्ने व्यक्तिमा दृढ नेतृत्व क्षमता, इमानदारी र पारदर्शिता, दीर्घकालीन नीतिगत दृष्टि, नागरिकप्रति उत्तरदायी स्वभाव र जटिल परिस्थितिमा समयमै निर्णय गर्ने योग्यता हुनैपर्छ।”
त्यसैगरी, उनले सामाजिक सद्भाव, सहिष्णुता, व्यावहारिकता र परिश्रमशीलता जस्ता गुण आवश्यक भएको प्रष्ट पारे। दुबेका अनुसार नगरको व्यवस्थापन र विकासका लागि स्थानीय निकाय र उच्च तहबीच समन्वय गर्न सक्ने क्षमतासमेत नगर प्रमुख वा गापा अध्यक्षमा हुन जरुरी छ।