spot_img

चक्कु प्रहार गरी युवकको हत्या, एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

रौतहट, ४ भदौ । रौतहट जिल्लाको गौर नगरपालिका ५ मा बुधवार दिउँसो एक युवकको चक्कु प्रहार गरी हत्या भएको छ। बरहवा तालस्थित झुलुङ्गे पुल नजिक करिब १८ वर्षीय युवकलाई पेट र छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । घटनामा संलग्न भएको आरोपमा गौर नगरपालिका ३ का १९ वर्षीय सनोज रामलाई प्रहरीले पक्राउ गरेको छ। चक्कु प्रहार गरेर भाग्दै गरेको अवस्थामा रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी राजन कार्कीले जानकारी दिए । प्रहरीका अनुसार रामलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको छ । हत्याको कारण खुलेको छैन।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

समाजसेवी युवा व्यवसायी बिनोद यादव प्रवास नेपाली सम्पर्क विभागको सल्लाहकारमा नियुक्त

क्वालालम्पुर मलेसिया। प्रवासी नेपाली समुदायमा सामाजिक सेवा, सहयोग र उद्यमशीलतामार्फत परिचित युवा व्यवसायी बिनोद कुमार यादव प्रवास नेपाली सम्पर्क विभाग,...

सम्बन्धित खबर