spot_img

सशस्त्र प्रहरीले भन्सार छलीको सामान समात्यो

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ असोज । सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले भन्सार छली गरी ल्याइएका सामानसहित एक अटो नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक पुरूषोत्तम भण्डारीको कमाण्डमा खटिएको ९ जनाको टोलीले वीरगंज महानगरपालिका–१६, गण्डक इलाकाबाट ना.२ ह.४२७७ नम्बरको अटोमा लुकाइछिपाई राखिएका कपडा, किराना तथा कस्मेटिक सामग्रीहरू चेकजाँचका क्रममा बरामद गरेको हो । उक्त सामानहरूको अनुमानित मूल्य करिब रू. ९० हजार रहेको जनाइएको छ। अटो सहित कुल मूल्य करिब रू. ३ लाख ९० हजार बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। घटनास्थलबाट अटो चालक फरार भएका तथा बरामद गरिएका सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर