spot_img

बाराबाट २३६ किलो गाँजासहित चालक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ असोज । २३६ किलो ७५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोमवार बा २ ख ९५६९ नं. को मिनी ट्रकमा लोड गरिएको गाँजासहित ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नं. १० का ३८ वर्षीय रमेश रूम्बालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् । प्रहरी बरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको टोलीले जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा मकवानपुरबाट वीरगंज जाँदै गरेको मिनी ट्रकको छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले ढाकेर लुकाई छिपाई राखेको अवस्थामा २८ पोका लागु औषध गाँजा बरामद गरिएको जिप्रका, बाराले जनाएको छ । गाँजा, मिनि ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रनाउ पण्डितले जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

चितवन कारागारबाट भागेका ७४३ मध्ये १०० अझै फरार, ११ भारतीय नागरिकसमेत खोजीमा : गम्भीर अपराधी छुट्दा सुरक्षा चिन्ता बढ्यो

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १०० जना फरार रहेका छन् । फरारमध्ये ११ जना भारतीय...

सम्बन्धित खबर