spot_img

८ किलो गाँजासहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको जनाएको छ । कात्तिक २३ गते जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नी बस्ने खेदु महतो धानुकले सञ्चालन गरेको किराना पसलमा लागु औषध गाँजा बिक्री वितरण लगायतको कारोबार गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले ८ किलो गाँजासहित पक्राउ गरिएको जिप्रका, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् । वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले खानतलासी गर्दा किराना पसल पछाडी पट्टी रहेको कोठामा नीलो रंगको प्लाष्टिकको ड्रममा लुकाई छिपाइ राखिएको लागु औषध गाँजा ८ के.जी फेला परेपछि खेदु महतो धानुकलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर