spot_img

गोवामा नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३ जनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

२१ मंसिर, काठमाडौं । भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो ।

प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो ।

घटनाबारे जानकारी पाउनासाथ गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय जनप्रतिनिधिहरु घटनास्थल पुगेका थिए । मुख्यमन्त्री सावन्तका अनुसार मृत्यु हुनेमा तीन महिला र केही पर्यटकहरु पनि छन् ।

कतिपयको जलेर र कतिपयको धुवाँमा निसास्एिर मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।गोवा सरकारले घटनाको जाँच गर्न र दोषीलाई कारबाही गर्न अधिकारीहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर