वीरगंज, 30 पुस /आम जनता पार्टी (आजपा) र जन अधिकार पार्टी नेपाल बीच पार्टी एकता भएको छ । जन अधिकार पार्टीको सिंगो कमिटी आजपामा समाहित हुदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘मोवाइल’ चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रिने सहमती भएको छ ।
वीरगंजमा आज दुबै पार्टीका बीचमा पार्टी एकता सहित निर्वाचनमा आजपाको मोवाइल चुनाव चिन्हबाट चुनाव लडने सहमती भएको हो । सहमती पत्रमा आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र जन अधिकार पार्टी नेपालका अध्यक्ष ईमदाद गद्दीले हस्ताक्षर गरेका छन् ।
‘आम जनता पार्टी र जन अधिकार पार्टी नेपाल बीच एकता सहित मोवाइल छापबाट चुनाव लडने सहमति भयो,’ दुबै पार्टीले गरेको सहमती पत्रमा उल्लेख गरिएको छ ।
पर्सा जिल्ला निवासी ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा आम जनता पार्टीको चुनाव चिन्ह ‘मोबाइल’ छापबाट चुनाव लड्ने सहमति सहित पार्टी एकता भएको आजपाले जनाएको छ ।
यसअघि आजपाले जनादेश पार्टी, लघुवित पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्ष गर्दै आएको समिति लगायतका चुनावी सहमती एवं गठबन्धन गरेको छ । समानुपातिक तर्फको बन्दसूची बुझाइसकेको आजपाले १६५ वटै क्षेत्रमा आफ्ना उम्मेदवार प्रतिस्पर्धामा उतार्दैछ ।
प्रतिक्रिया लेख्नुहोस्




