spot_img

राजनीति व्यवसाय भएकोले पहिले लगानी गर्नुस् –अध्यक्ष गौतम

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० माघ/वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले राजनीति पनि व्यवसाय भएकोले उम्मेदवारहरूले अहिले चुनावमा लगानी गर्नुपर्ने बताएका छन् ।

पर्साका उद्योगपति–व्यापारीहरूलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार र तिनका समर्थकहरूले चन्दा मागेर हैरान पारेका गुनासाहरूको ओइरो लाग्न थालेपछि उनले यो कुरा बताएका हुन् ।

उनले उद्योगधन्दा र बन्द व्यापार आर्थिक समस्याग्रस्त अवस्थामा रहेकाले अहिले उद्योगी–व्यापारीहरूले सबै उम्मेदवारलाई सहयोग गर्न नसक्ने अवस्थामा रहेको बताएका छन् ।

उनले अहिले चुनावको बेला सबै उम्मेदवारले आफैंले लगानी गर्नुपर्ने र त्यसपछिको अवस्थामा उद्योगी–व्यापारीहरूले आफूअनुकूल सहयोग कार्यलाई निरन्तरता प्रदान गर्ने बताए ।

उनले पछिल्लो समयमा नेपालको राजनीति उद्योग–व्यवसाय सरह मुनाफामय रहेकोले उम्मेदवारहरूले शुरूमा आफैं लगानी गर्न आवश्यक रहेको तर्क गरेका छन् । राजनीतिक उद्योग स्थापना गर्नुस्, मुनाफा कमाउनुस्, चन्दाको आसमा नरहनु अध्यक्ष गौतमले भनेका छन् ।

यसैगरी, सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालले चुनावलाई लिएर वीरगंजका उद्योगी–व्यापारीहरूसँग अनधिकृतरूपमा चन्दा माग्ने प्रवृत्ति बढेको बताएका छन् ।

उनले स्थानीय उद्योगी–व्यापारीहरू आर्थिक समस्याग्रस्त रहेका तर अहिले चन्दा माग्नेहरूका कारण थप तनावमा परेको बताए ।

उनीहरूले आर्थिक अवस्था सुदृढ रहेको अवस्थामा चन्दा दिंदै आएको तर अहिले अवस्था प्रतिकूल भएकोले स्वेच्छापूर्वक चन्दा दिन सकिने तर करकाप, बलजफ्ती सह्य नहुने बताए ।

यता स्थानीय उद्योगी–व्यापारीहरूले भने राजनीतिक दल र उम्मेदवार, तिनका समर्थक, कार्यकर्ताहरूले पत्र तथा फोनबाट चन्दा माग गरेर हैरान पारेको गुनासो गरेका छन् ।

उनीहरूले जेनजी आन्दोलनपश्चात् पनि पुरानो शैली अपनाएर चन्दा माग्ने हो भने आगामी चुनावबाट निर्वाचित हुनेहरूबाट पनि सुशासनको आशा राख्न नसकिने बताए ।

भ्रष्टाचार, अनियमितताविरुद्ध गठित सरकारले सोहीअनुरूप आगामी सरकार बनाउने तयारी गर्नुपर्नेमा पुरानो शैलीमा चन्दा मागेर खर्चिलो चुनाव गर्ने हो भने आम जनताले परिवर्तनको आस गर्नु बेकार हुने उनीहरूले टिप्पणी गरेका छन् ।

चन्दा कसले कसरी माग्दैछ भन्ने कुरा उद्योगी–व्यापारीहरूले सार्वजनिक गर्न सक्ने अवस्था नभएको भन्दै उनीहरूले यसबारेमा स्थानीय प्रहरी प्रशासनले सक्रियता देखाएर उद्योगी–व्यापारीहरूलाई सुरक्षाको प्रत्याभूति गर्दै यस खाले विकृतिविरुद्ध कदम चाल्नुपर्ने सुझाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

अस्पतालका कबाड सामान गुपचुप बिक्री

धर्मेन्द्र चौरसिया, पोखरिया, १३ माघ/प्रादेशिक अस्पताल पोखरियाका कर्मचारीहरूले विनासूचना अस्पतालका कबाड सामानहरू बिक्री गरेर रकम हिनामिना गरेका छन् । अस्पताल...

सम्बन्धित खबर