spot_img

अवैधरूपमा वीरगंजमा सञ्चालित तीनवटा विद्यालयमा महानगरको सिलबन्दी

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ भदौ । वीरगंज महानगरपालिकाभित्र अवैधरूपले सञ्चालित तीनवटा विद्यालय तथा कलेज बन्द गराएको छ ।
आज तीन वटा विद्यालयमा सिलबन्दी गरेको महानगरले जनाएको छ । वीरगंज–१३ स्थित वीरगञ्ज स्कुल अफ ल, वीरगञ्ज ११ स्थित ईम्पेरियल कलेज र वीरगञ्ज ५ रेशमकोठीस्थित बिजी बिज किड्स प्रि प्राइमर स्कुलमा सिलबन्दी गरेको हो । अनुमतिविना नै सञ्चालनमा रहेको फेला परेपछि महानगरपालिकाले उनीहरूलाई कारबाई गरेको नगरप्रमुख राजेशमान सिंहले बताए । उनले अनुमति नलिई अवैध रूपले संचालनमा रहेका विद्यालयलाई कारबाई गर्न निर्देशन दिएसँगै महानगरपालिका अन्र्तगतको नियमन समितिले विद्यालयमा सिलबन्दी गरेको बताए ।
वीरगंजका प्रशासन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकार, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, वडा नं. १३ का हिरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईँ, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव, नगरप्रमुख सिंहका प्रमुख जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागीतामा विद्यालयमा सिलबन्दी गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

सशस्त्र प्रहरीद्वारा सात लाख बराबरको कपडा बरामद

वीरगंज, ४ जेठ । सशस्त्र प्रहरी बल नेपाल, पर्साले वीरगंज महानगरपालिका–१, छपकैयास्थित तीनवटा घरमा छापामारी सात लाख रुपियाँ बराबरको...

सम्बन्धित खबर