spot_img

सशस्त्र प्रहरीका गणपति स्वर्गीय सुमन थपलियाको श्रद्धाजली सभा सम्पन

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ भदौ । सशस्त्र प्रहरी १३ नम्बर गणका गणपति स्वर्गीय सुमन थपलियाको १३ औं दिनको पुन्य तिथीको अवसरमा आयोजना गरिएको श्रद्धाजली सभा आज सम्पन भएको छ ।
श्रदाञ्जली सभामा सहभागी भएका सशस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले सङ्गठनले एक क्षमतवान, मृद्धभाषी कार्यमा दक्षता भएको सदस्य गुमाएको बताए । गणपति थपलियाले आफ्नो कार्यकालमा खेलेको भुमिका सङ्गठन प्रतिको योगदान सङ्गठनको इतिहासमा लेख्ने बताए । थपलियाको परिवारप्रति परेको अकास्मात बज्रपातको बर्णन कसैले गर्न सक्दैन भगवानले सदैब सहयोगको अपेक्ष गरेका थिए ।
कार्यक्रममा मेयर राजेशमान सिंहले पर्सामा थारै समय बिताएका थपलियाले संगठनमा ल्याएको परिर्वतनले आफु खुशी भएको बताए । तर एक्कासी असामयीक निधनको कुराले सिङ्गो महानगरलगायत पर्साका सबै जनताहरु दुखीत भएको बताएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, डिआईजी दिपेन्द्र शाह लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा शोक सलामी अर्पण गरेर सुरु भएको थियो । स्वर्गीय सुमन थपलियाको जन्म २०३६ जेठ १७ गते नुवाकोटमा भएको र उनी अहिले काठमाडौ तारकेश्वर नगरपालिका १ मा बस्दै आएका थिए । २०६० सालमा तेस्रो बैचका सशस्त्र प्रहरीमा भर्ना भई २०६७ सालमा सशस्त्र प्रहरी नायब उपरीक्षक तथा २०७९मा सशस्त्र प्रहरी उपरिक्षकमा बढुवा भएका थिए । माउटेन मेडिसिन तालिममा प्रशिक्षक समेत रहेका थिए ।
कार्यक्रममा ८ वटै जिल्ला सङ्गठन प्रमुख लगायत पर्सामा बिभिन्न व्यक्तित्वहरुको उपस्तिथी रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर