spot_img

भरियामार्फत मलद्वारमा लुकाएर एक किलो सुन तस्करी

पढ्न छुटाउनुभयो ?

मंगलबार, २६ भदौ २०८०, २० : १०, काठमाडौँ । दुबईबाट आएका बाबुलाल दोङ सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ परे । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्रेर चेकजाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको अवस्थामा करिब १ किलो सुन फेला परेको छ ।
काभ्रेको खानीखोला गाउँपालिका–३ घर भएका बाबुलालको साथबाट ९ सय ६० ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए ।
२८ वर्षीय बाबुलालले अहिलेसम्म ५ पटक दुबई गएर सुन ल्याएको बयान दिएका छन् । प्रहरीसँग उनले भनेका छन्–‘करिब ५ किलो ल्याएको छु ।’
बाबुलाललाई काभ्रेको रोशी गाउँपालिका–३ घट्टेखोला घर भएका जगत लामाको समूहले सुन तस्करी गर्न ‘भरिया’को रुपमा परिचालन गरेको खुलेको छ । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार जगत लामाको समूहले ६ जना युवाहरूलाई प्रयोग गरेर दुबईबाट सुन ल्याउँछन् । ३३ वर्षीय जगतलाई प्रहरीले मंगलबार काठमाडौँको ढल्कुबाट पक्राउ गरेको छ ।
तस्करीमा संलग्न आरोपमा काभ्रेको महाभारत गाउँपालिका–३ घर भएका ३६ वर्षीय मिङमा दोर्जे स्याङतानलाई पनि प्रहरीले पक्राउ गरेको छ । बरामद सुनसहित ३ जना आरोपितलाई कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको एसपी ढुंगेलले जानकारी दिए ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुनबारे अनुसन्धान जारी रहँदा दुबईबाट सो समूहले लगातार सुन ल्याइरहेको भेटिएको छ ।
जगत लामाको समूहले सुन लिन जाने युवाहरूलाई आवत–जावत खर्च ब्यहोरेर ५० हजार नगद दिएर ‘भरिया’को रुपमा प्रयोग गर्ने गर्छन् । ती भरियाले मलद्वारमा लुकाएर सुन ल्याउँछन् । जगत समूहले सुन लिन पठाएका ४ जना दुबईमा छन् ।
तस्करीमा संलग्नहरु क्रेटा गाडी चढेर हिँड्थे । प्रहरीले बागमती प्रदेश–०१–०२७ च ९९६० नम्बरको गाडी बरामद गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर