spot_img

संविधान दिवसका अवसरमा वीरगंज कारागारबाट १७ जना रिहा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ असोज । संविधान दिवसका अवसरमा वीरगंज कारागारबाट १७ जना कैदीबन्दी रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा देशभरिका ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गरेका हुन् ।
३ जना महिला र १४ जना पुरूष कैदीबन्दीले कैद माफी मिनाह पाएको वीरगञ्जका कारागारका सूचना अधिकारी नवराज बर्ताैलाले जानकारी दिए । उनका अनुसार २ जना ज्येष्ठ नागरिक, तीनजना महिला र ९ जना अन्य कैदीबन्दीहरू छुट्ने भएका हुन् ।
कैद मिनाह पाएका कैदीबन्दीहरू मध्य महिलाहरू कर्तव्य ज्यान मुद्दा र गर्भपतन मुद्दामा जेल परेका थिए । त्यस्तै अन्य पुरूषहरू चोरी, डाका, सवारी ज्यान, वन, कर्तव्यज्यान लगायतका मुद्दामा जेल परेकाहरू रहेको सूचना अधिकारी बर्ताैलाले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

विमानस्थल र आकाशे पुल निर्माण गर्न वीउवासंघको आग्रह

वीरगंज, ११ माघ/ वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले रक्सौलका अनुमण्डल पदाधिकारी तथा डिएसपीसँग शिष्टाचार भेटघाट गरेका छन् ।...

सम्बन्धित खबर