spot_img

६८औं प्रहरी दिवसको अवसरमा सामुदायिक श्रीपुरद्वारा सरसफाइ कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ असोज ।
६८ औं प्रहरी दिवसको अवसरमा आज वीरगंज महानगरपालिका वडा नं. ११ दुर्गा टोल र दुर्गा मन्दिर क्षेत्रमा सरफाइ गरिएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरको आयोजना र वडा प्रहरी कार्यालय श्रीपुरको सहयोग तथा श्री नवरात्रि महोत्सव दुर्गा पूजा सेवा समितिको सहकार्यमा सरसफाइ कार्यक्रम गरिएको छ ।
नजिकिदै गएको वडादशैंलाई मध्यनजर गरी सरसफाइ कार्यक्रमको आयोजना गरिएको सामुदायिक सेवा केन्द्र मुर्लीका सचिव सचिव कुलनारायण (दिलीप) प्रधानले बताए ।
केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, समाजसेवी, बुद्धिजीवी, प्रहरी, कर्मचारीलगायत ११० जनाको सहभागितामा बिहान सरसफाइ कार्यक्रम गरिएको केन्द्रका सचिव कुलनारायण (दिलीप) प्रधानले जानकारी गराउनुभएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

चितवन कारागारबाट भागेका ७४३ मध्ये १०० अझै फरार, ११ भारतीय नागरिकसमेत खोजीमा : गम्भीर अपराधी छुट्दा सुरक्षा चिन्ता बढ्यो

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १०० जना फरार रहेका छन् । फरारमध्ये ११ जना भारतीय...

सम्बन्धित खबर