spot_img

मोवाइलको लागि विवाद हुँदा साथीको हत्या, दुर्ईजना पक्राउ

पढ्न छुटाउनुभयो ?

जनकपुर, १२ कार्तिक । मोवाइलको विवादका कारण जनकपुरधाममा एक युवकको ज्यान गएको रहस्य खुलेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ स्थित सोनापारा बस्ने २४ वर्षीय रूपेश महराको हत्या लागुऔषध सेवन गरी मोवाइलको विषयमा विवाद हुदाँ भएको विवादका कारण भएको हो । उनको हत्या जनकपुरधाम सोनापाडा बस्ने २० वर्षीय पवन सहनी र हरिचन मण्डलले गरेको धनुषा प्रहरीले जनाएको छ । हत्याको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।
वितेको बिहीवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बेलामा रहेको धान खेतमा रूपेशको शव धनुषा प्रहरीलाई फेला परेको थियो । घटनास्थलमा अनुसन्धानका लागि धनुषा प्रहरीले ‘डग’ टोलीसमेत परिचालन गरेको थियो ।
धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले तीनैजना लागूऔषध सेवन गरेपछि मोबाइलको विषयमा समान्य विवाद भएको र सोही कारण पवन र हरिचनले रूपेशको टाउकोमा बाँसको भाटा प्रहार गरी हत्या गरी धान खेतमा शव फालेको बताए ।
उनले बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रूपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनीहरू बुधवार टेम्पो चढेर जटही हुँदै भारतपारी बजारमा गएर लागुऔषध नाईट्राभेट ट्यावलेट खरिद गरी मिरिनडा पे–पदार्थमा मिसाई सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
प्रहरी उपरीक्षक खड्काका अनुसार लागूऔषधसेवन गरी सोही रात करिब साढे ९ बजे तर्पm पुनः जनकपुरधाम आएर जनकपुरधाम उप–महानगर वडा नं. २३ स्थित बाटोमा मोवाईल सेटलाई लिएर विवाद हुँदा हरिचनले बाँसको गोलो भाटाले मृतक रूपेशको टाउकोलगायत पिठ्युमा समेत प्रहार गरी फालेको थियो ।
पवन सहनीले निज हरिचन मण्डललाई कुटपीटमा सघाएको उनको भनाइ छ । यता पक्राउ परेका दुवै जना माथि कर्तव्य ज्यान मुद्दामा म्याद गरी थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर