spot_img

जाजरकोट भूकम्प : मृतकको संख्या ५२ पुग्यो

पढ्न छुटाउनुभयो ?

शनिबार, कात्तिक १८, २०८० |
जाजरकोट भूकम्पमा परी ५२ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । गम्भीर घाइते भएका रुकुम पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । जिल्लाको आठविसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीका अनुसार, भूकम्पमा उद्धार र घटनाको विवरण संकलन गर्ने कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने उनले बताइन् ।
गएराति राति ११ः ३७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् ।
भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राजनीतिक दलका नेताहरूले आ–आफ्नो पार्टी कमिटीलाई खोज, उद्धारमा लाग्न अनुरोध गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । उनका साथमा स्वास्थ्यकर्मीकाे टिम पनि गएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -spot_img

ताजा खबर

जगरनाथपुरकाे ११ औं गाउँ सभा सम्पन्न, ४४ कराेड ३४ लाखकाे बजेट प्रस्तुत

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ११ औं गाउँ सभाकाे अधिवेशन तथा आ.व. २०८१/०८२ काे निती, कार्यक्रम र बजेट प्रस्तुतीकरण कार्यक्रम...

सम्बन्धित खबर