spot_img

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका–१ स्थित सडकमा लु.५६ प ४२४८ नम्बरको मोटरसाइकल र लु.४ त ८४०६ नम्बरको ट्याक्टर एक–आपसमा ठक्कर खाई शनिवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत कुशीनगर शिवपुर मठिया बस्ने २२ वर्षीय राहुल गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी नवलपरासी पश्चिम, रामग्राम नगरपालिका–११ जमुवाडमा लु.१२ प १०९४ नम्बरको मोटरसाइकल लु.१ ख ६६०३ नम्बरको तेल ट्याÍरमा ठक्कर खाई शनिवार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक म्याग्दी बस्ने ३१ वर्षीय याम प्रसाद विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याÍर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ, म्याग्दे गाउँँपालिका–६ मौरीबजारस्थित सडकमा बा.प्र ०१–००६ ख २८६१ नम्बरको ट्रकले ग.१७ प ६५९७ नम्बरको मोटरसाइकललाई शनिवार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार भिमाद नगरपालिका–९ ठामडाँडा बस्ने २६ वर्षीया सुक माया विकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिपी कोइराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको छ । साथै ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर