spot_img

राजधानी शहर काठमाडौं डुङडुङती गन्हायो

पढ्न छुटाउनुभयो ?

काठमाडौं, २३ मंसिर । घना बस्ती भएको प्राचीन ऐतिहासिक धार्मिक स्थल काठमाडौं शहरमा हिजो आज प्रदूषित खोलानालाको प्रदूषित पानीको दुर्गन्धले रहन बस्न नै नसक्ने भएको छ, लगातार गन्हाएको छ।
काठमाडौंभित्र बग्ने खोला बागमती विष्णुमती इच्छामती टुकुचा धोबी खोला बल्खु खोला लगायत सबै खोलाबाट दुर्गन्ध फैलिएको छ पानी र हावा प्रदूषणले चर्चित बन्दै गएको काठमाडौंका मेयर बालेन शाहलाई गम्भीर चुनौती दिएको छ। महानगरपालिकाको प्रमुख कार्य भनेकै नगरलाई सफा सुगर दुर्गन्ध रहित प्रदूषण रहित स्वच्छ हावा हराभरा राख्नु हो। यो यतिखेर असम्भव साबित भएको छ।
प्रमुख पर्यटकीय नगर विश्वकै पर्यटकहरूको ओहोरदोहोर हुने मन्दिरै मन्दिर रहेको काठमाडौं पाटन शहर यतिखेर अति दुर्गन्धित हुँदा बसोबासी पर्यटक सबैको टाउको दुखाई चिन्ता र चासोको विषय बन्न पुगेको छ। हावा पानी राख्ने प्रयास गर्ने दुर्ईमध्ये एक रोज्नुपर्ने भएको छ दुर्गन्धरहित काठमाडौंको वातावरण राख्न ठूलो धनराशि खर्च गर्नुपर्ने हुन्छ। महानगरपालिका र सरकारसँग त्यसका लागि बजेट र विकल्प छैन।
काठमाडौं भित्रका पानी बग्ने सबै खोला ढलमती बनेका छन। सार्वजनिक र घरका सबै दिशा पिसाब र फोहोर महिला खोलामा फाल्ने प्रचलन बढ्दै गएको छ घटेको छैन खोला हेर्दा अति घिनलाग्दो फोहर छ।
दुर्गन्धित पानी बाहेक केही बगेको छैन। वर्षाको दुर्ई तीन महिना खोलाबाट दुर्गन्ध नआए पनि बाँकी महिना सधैंभरि दुर्गन्ध फैलिने गरेको छ जथाभावी फोहोर पानी खोलामा मिसाउँदा यो दुःखद समस्या देखा परिरहेको छ वातावरण विभाग र काठमाडौं महानगरपालिकाले अभिलम्ब दुर्गन्ध हटाउन पहल गर्नुपर्छ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर