spot_img

प्रधानमन्त्री कप क्रिकेट : कोशीद्वारा मधेस प्रदेश पराजित

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, ८ पुस : प्रधानमन्त्री कप राष्ट्रिय टि–टवान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेश मधेस प्रदेशलाई ६० रनले पराजित गर्दै विजयी भएको छ ।
जितका लागि एक सय ३० रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेश २० ओभरमा नौ विकेट गुमाउँदै ६९ रनमा समेटियो । मधेशका लागि साना प्रविनले ४१ बलमा तीन चौकासहित सर्वाधिक २७ रन बनाइन् । त्यस्तै आरती महतोले २० बलमा चार चौकासहित १८ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । ओपनर पुजा महतो तीन, एलिसा यादव चार, सरस्वतीकुमारी चौधरी सात, अनुराधा चौधरी र प्रतिमा शाहले समान दुई÷दुई रन बनाए ।
कोशीका लागि सबनम राइ र एलिसा खडियाले समान दुई विकेट लिए । रुविना क्षेत्री र संगिता राईले समान एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला व्याटिङ रोजेको कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै एक सय २९ रनको योगफल बनाएको थियो ।
कोशीका लागि कप्तान रुवीना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान दिइन् । उनले ६४ बलमा नौ चौकाको मद्दतमा ५७ रनको योगदान गरेकी हुन् । त्यस्तै अप्सरी बेगमले ३९ रन बनाइन । उनले ४१ बलमा सात चौकाको मद्धतमा ३९ रन बनाएकी हुन् । सबनम राईले अविजित १६ रन जोडिन । उनले आठ बलमा दुई चौकाको सहायताले १६ रन जोडेकी हुन् । त्यसैगरी लकिता राजबंशीले छ तथा नमिता श्रेष्ठले अविजित दुई रन बनाइन ।
बलिङतर्फ मधेश प्रदेशकी मीना महतोले दुई विकेट लिइन् भने पुजा महतो र सरस्वती चौधरीले समान एक–एक विकेट लिए । यस जितसँगै कोशी प्रदेशले प्रतियोगितामा लागतार तेस्रो जित दर्ता गराएको छ । कोशीले पहिलो खेलमा कर्णालीलाई १० विकेटले र दोस्रो खेलमा बागमती प्रदेशलाई आठ विकेटले हराएको थियो । यता मधेशको भने यो लगातार तेस्रो हार हो । यसअघि मधेस प्रदेश बागमती प्रदेशसँग २८ र एपिएफसँग १० विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर