spot_img

दुईवटा ट्रकमा लोड सामान राजस्वमा चलान

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० पुस ।
बारा प्रहरीले ३८ लाख २७ हजार बराबरको अबैध सामान सहित ट्रकलाई आज बिहान नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १ पथलैया चोकमा वीरगंजबाट कास्की तर्पm जादै गरेको ना.३ ख ७३२९ नं.को ट्रक चेकजाँच गर्दा बिलबिजकभन्दा बढी स्रोत खुलाउन नसकेको ३८ लाख २७ हजार १४ रुपियाँ बराबरको विभिन्न खुद्रा समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाईको लागि राजश्व कार्यालय पथलैया, बारा पठाईएको प्रहरीले जनाएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय, बाराले भन्सार छलीको प्याज, कपडा र खाद्यान्न नियन्त्रणमा लिएको छ ।
बारा प्रहरीले परवानीपुर गाउँपालिका–५ बाट ना.५ च १७५९ नम्बरको पिकअपबाट एक लाख १५ हजार मूल्य बराबरको ५५ बोरा प्याज नियन्त्रणमा लिएको हो ।
त्यस्तै पथलैयाबाट यात्रीबाहक बसबाट प्रहरीले २५ हजार मूल्य बराबरको साडी, लहङ्गा, झुल नियन्त्रणमा लिएको छ भने सिम्रौनगढ नगरपालिका–९ बसवरियाबाट १५ हजार मूल्य बराबरको खाद्यान्न नियन्त्रणमा लिएको प्रवक्ता प्रनाउ न्यौपानेले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो

वीरगंज, २४ असोज । बडादसैं अर्थात नवरात्रको सातौं दिन आज वीरगंजको गहवामाई मन्दिरमा फूलपाती भित्र्याइएको छ । वीरगंजको मुख्य स्थान...

सम्बन्धित खबर