spot_img

भारतीय चल्ला ओसारपसार गर्ने सवारी साधन भन्सार चलान

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले भारतीय कुखुराको चल्लाको नष्ट गर्नुको साथै ओसार पसार गर्ने सवारी साधन भंसार बुझाइएको जनाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.२१ डकैलाबहुअरी सडकखण्डमा भारतबाट नेपाल तर्फ अवैध रूपमा ना.६ प ७६७२ र नम्बर उल्लेख नभएको मोटरसाइकलमा चल्ला ४२०० गोटा ल्याउदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि तस्करहरु सवारी साधन छाडेर फरार भएको जिप्रका, पर्साले जनाएको छ । प्रहरीले बरामद चल्ला पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सिया मार्फत तिलावे खोलाको बगरमा खाल्डो खनेर नष्ट गरेको जनाएको छ ।
त्यसैगरी पुस २४ गते पक्राउ भएको भारतीय कुखुराको चल्ला ३८०० र ओसारपसार गर्ने दुईवटा मोटरसाइकललाई वीरगंज भन्सार कार्यालय बुझाएको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर