spot_img

आर्थिक मन्दी: पसल कवल सटर सबै बन्द

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज । आर्थिक मन्दीको संकेत स्वरूप केही महिनादेखि भाडामा रहेका पसल, कवल, सटर हिजोआज दिनगुनी रात चौगुनीको दरले बन्द हुँदै गएका छन् ।
जुन प्रयोजनका लागि भाडामा लिइएको हो आर्थिक मन्दीका कारण कारोबार र व्यापार नभएपछि बन्द हुँदै गएका छन् । यतिखेर कुनै पनि वस्तु, मालसामानको दैनिक बिक्री ह्वात्तै घटेको छ । ग्राहकको चहलपहल, खरिद–बिक्री भएको छैन।
जसका कारण घरभाडा तिर्ने अवस्था पनि आएन। सबै पसलहरू माल सामान बिक्री नभएर भाडा तिर्न नसक्दा बन्द भएका छन् । आर्थिक मन्दीले झन् झन् उग्ररूप लेला जस्तो छ । राजधानी शहर काठमाडौं, पोखरा, विराटनगर, धनगढी, भरतपुर, सुर्खेत, नेपालगञ्ज, जनकपुरधाम, बिर्तामोड लगायत शहरका सटर, पसलहरू धमाधम बन्द हुँदै गइरहेका छन् । आर्थिक वृद्धिदर एकदमै खस्कदो छ ।
पसल बन्द भयो भने अर्काे विकल्प छैन। घर खर्चका लागि दैनिक आम्दानी हुन नसक्दा बेरोजगार अवस्थामा रहनुपर्दा पसले व्यवसायीहरू अति नै तनावमा छन् । व्यापार व्यवसाय लयमा आउनुको सट्टा झन झन् बिग्रँदो छ, देशको राम्रो अवस्थामा देखिँदैन– एकजना व्यापारीले भने ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर