spot_img

नक्कली कागजात बनाइ भगाईएका व्यक्ति १६ वर्षपछि पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ माघ । नेपाल प्रहरीले लागु औषधका थुनुवालाई भगाई फरार रहेका तत्कालीन प्रहरीलाई १६ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको पथरावुधराम–३ का ४१ वर्षीय विरवल राय यादव रहेका छन् । उनले खैरो हिरोइन कारोवारको आरोपमा पक्राउ परी महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ३९ वर्षीय असरफ आलमलाई नक्कली कागजात बनाई भगाएका थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सो कामको लागि एक करोडको माग गरेका थिए । बार्गेनिङ गर्दै जाँदा दश लाखमा डिल भएको र ६ लाख २५ हजार यादवले बुझेको खुल्न आएको हो । फरार रहेका उनी भारतको कोलकत्तामा ट्याक्सी चलाउँदै आएका थिए ।
उनलाई प्रहरीले बिहीवार पक्राउ गरी आज एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो । उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफ १०२ अनुसारको सजाह हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर