spot_img

जापानको चन्द्रमायानको सोर्य प्यानलले काम गर्न शुरू

पढ्न छुटाउनुभयो ?

टोकियो, १५ माघ : जापानको चन्द्रमामा अवतरण गरेको यानको सोर्य प्यानलले काम गर्न शुरू गरेको जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले सोमबार जनाएको छ ।
स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन मून (स्लिम) ले आफ्नो सौर्य प्यानलले काम नगरेको घोषणा गरिएको नौ दिनपछि प्यानलले पुनः काम गर्न शुरू गरेको आश्चर्यजनक घोषणाले जापानको अन्तरिक्ष कार्यक्रममा थप प्रोत्साहन मिलेको छ ।
जाक्साले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा ‘टोय पुडल’ भनिने चन्द्रमाको चट्टानको दानेदार तस्बिरसहितको सन्देश पोस्ट गर्दै लेखेको छ, “हिजो साँझ हामी स्लिमसँग सम्पर्क स्थापित गर्न सफल भयौं, र अनुसन्धान कार्यहरूलाई फेरि शुरु गरेका छौँ ।”
“हामीले तत्काल एमबीसीसँग वैज्ञानिक अवलोकन सुरु गर्यौं र १०–ब्यान्ड अवलोकनका लागि पहिलो प्रकाश सफलतापूर्वक प्राप्त गरेका छौं,” ल्यान्डरको मल्टिब्यान्ड स्पेक्ट्रोस्कोपिक क्यामेरालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।
स्लिमको जनवरी २० को चन्द्रमाको अवतरणले जापान संयुक्त राज्य अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा ‘सफल अवतरण’ गर्र्ने पाँचौं राष्ट्र बनेको छ ।
‘२० मिनेटको सन्त्रास’ फैलाएको उक्त यानको इन्जिनमा समस्या आएको र यो निकै खराब कोणमा टुङ्गिएको जाक्साले सार्वजनिक गरेको तस्बिरले देखाएको छ ।
यसको मतलब सौर्य प्यानलहरू सिधा माथि हुनुको सट्टा पश्चिमतर्फ ढल्केको कारण सौर्य प्यानलबाट हुने इन्धन आपूर्ति प्रणालीमा अवरोध आएको थियो । सौर्य प्यानलले काम गरेसँगै उनीहरूले अझै पनि काम गर्न पर्याप्त सूर्यको प्रकाश पाउनेछन् ।
जाक्साले गत हप्ता स्लिमलाई १२ प्रतिशत इनर्जी बाँकी रहेको अवस्थामा स्विच अफ गरेको बताएको थियो ।
जाक्साका प्रवक्ताले सोमबार एएफपीलाई बताएअनुसार ‘सम्भवतः स्लिमको सौर्य ब्याट्रीमा सूर्यको प्रकाश आपूर्तिभएसँगै यानलाई आवश्यक बिजुली उत्पादन सुरु भएको छ र स्लिमको अनुसन्धान अभियान पुनः शुरू भएको छ ।
उहाँले भन्नुभयो, “हामी स्लिमको स्थिति समायोजन गर्नुको सट्टा अब हामी अवलोकन र जानकारी सङ्कलन के गर्न सक्छौं त्यसलार्इृ प्राथमिकता दिनेछौं किनकि प्यानलको अवस्थालाई चलाउँदा अभियानमा समस्या हुन सक्छ ।”
“स्लिम रहेको स्थान अर्थात् चन्द्रमामा जनवरीको अन्त्यसम्म दिनको समय रहनेछ र सोर्य प्रणालीलाई सहयोग पुग्नेछ तर १४ दिनपछि अर्थात् फेब्रुअरीको शुरूसँगै चन्द्रमामा रात हुनेछ,” उहाँले बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर