spot_img

वीरगंजका मेयर सिंहको समर्थनमा विशाल प्रदर्शन

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ माघ । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहको समर्थनमा आज विशाल र्याली निकालिएको छ ।
दलाल, भूमाफिया, विकास विरोधी होशियार, वैभवशाली वीरगंज हाम्रFे साझा सरोकार नारा लेखिएको ब्यानरसहित वीरगंजको वृहत्तर विकासको लागि निर्वाचित सशक्त नेतृत्वलाई नागरिक समाजको ऐक्यबद्धता जनाएको हो ।
र्यालीमा सहभागीहरुले वीरगंजको शान, मेयर राजेशमान, चरित्र हत्या गर्न पाइदैन, वीरगंजवासीको एउटै पुकार, अझै २० वर्ष राजेशमानको सरकार नारा लेखिएको प्लेकार्ड बोकेर नगर परिक्रमा गरिएको थियो ।
मेयर सिंहलाई राजनैतिक रिसइबि साध्नको लागि विपक्षले झुठो नागरिकता मुद्दा लगाएको भन्दै नगरबासीले प्रदर्शन गरेका थिए ।
वीरगंजका नागरिक समाजले स्वस्फूर्तरूपमा मेयर सिंहको समर्थन गरेका छन् । बिहिवार दिउँसो १२ बजे मेयर सिंहका समर्थकहरू लालबंगलामा भेला भएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमा मेयर सिंहविरूद्धको मुद्दा खारेज गरी झुठो मुद्दा दिनेहरूमाथी कारबाहीको माग गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर