spot_img

सांसद यादव र मेयर सिंहले स्वास्थ्य प्रयोगशालाको शिलान्यास गरे

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ माघ । सांसद प्रदीप यादव र नगरप्रमुख राजेशमान सिंहले वीरगंज महानगरपालिकाले वडा नम्बर २३ सबैठवामा निर्माण हुने स्वास्थ्य प्रयोगशालाको शिलान्यास गरेका छन् ।
सांसद यादवले महानगरको ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।
नगरप्रमुख सिंहले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । महानगरको ग्रामीण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आफूहरू लागिपरेको बताए । उनले सामान्य स्वास्थ्य जाँचका लागि पनि मुख्य बजार धाइरहनुपर्ने बाध्यता हटाउन र नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले सबैठवामा साढे ६६ लाख रुपियाँको लागतमा स्वास्थ्य प्रयोगशाला निर्माण गर्न लागेको जानकारी गराए ।
असार मसान्तभित्रै निर्माण सम्पन्न गरिसक्ने गरि शुरू भएको प्रयोगशाला भवन निर्माण कार्यको सोमवार शिलान्यास गरिएको थियो । ६६ लाख ५१ हजार ५ सय ३७ रुपियाँको लागतमा निर्माण हुन लागेको स्वास्थ्य प्रशोगशाला भवनको स्यारन बिजी कन्सट्रक्सन प्रा.लि.ले ठेक्का सकार गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

विमानस्थल र आकाशे पुल निर्माण गर्न वीउवासंघको आग्रह

वीरगंज, ११ माघ/ वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले रक्सौलका अनुमण्डल पदाधिकारी तथा डिएसपीसँग शिष्टाचार भेटघाट गरेका छन् ।...

सम्बन्धित खबर