spot_img

बालिकालाई करणी गरेको आरोपमा कार्की पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ चैत । बारामा एकजना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८, नयाँ बस्तीका ३० वर्षीय प्रकाश कार्कीविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको हो ।
बारा जिल्ला अदालतबाट अनुमति लिएर कार्कीविरूद्ध थप अनुसन्धान अघि बढाइएको बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जनाए । सोही वडा निवासी एक सुस्त मनस्थिति बालिकालाई कार्कीले चैत ८ गते राति ८ बजे अपहरण गरी दुर्ई दिनसम्म राखेको पीडित परिवारको आरोप छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भइसकेको प्रहरीले जनाएको छ । बालिकालाई शुरूमा कलैयास्थित महिला बालबालिका सेवा केन्द्रमा लागिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर