spot_img

फेवातालमा डुंगा दुर्घटनामा परेका युवाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

पढ्न छुटाउनुभयो ?

पोखरा, २५ चैत/

कास्कीस्थित फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

चैत २५ गते आइतबार साँझ  पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने २० बर्षिय सोभित परियार बोटिङ गर्नेक्रममा अचानक आएको हावाहुरीको कारण बोट पल्टिन गई तालमा खसेका थिए ।

उक्त दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेवातालस्थित रेस्क्यु टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै सकुशल उद्धार गरेको हो ।

हावाहुरीको कारण तालबाराही मन्दिरमा अड्किएका करीब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको समेत सोही टोलीले सकुशल उद्धार गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर