spot_img

दुईजना मोटरसाइकल चोर बाराबाट पक्राउ

पढ्न छुटाउनुभयो ?

कलैया, २९ चैत । बारा प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता टोल स्थितवाट ना ६५ प ६६५६ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल चोरी गरी भागेकोमा अनुसन्धान गर्दै जाने क्रममा उक्त दुर्ई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको परबानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर बिर्ता टोल बस्ने अन्दाजी २१ वर्षीय बली साह सोनार र सोही ठाउँमा बस्ने अन्दाजी २५ वर्षीय रामनिवाश राउत भेडियर रहेको प्रहरीले जनाएको छ ।
मंगलवार बेलुका अन्दाजी ८ बजेको समयमा जिल्लाको परवानीपुर गाउँँपालिका वडा नम्बर ५ गण्डक नहर स्थित हुलाकी राजमार्ग सडक खण्डमा चोरी भएको मोटरसाईकल सहित दुबै जनालाई फेला पारेको थियोे ।
मोटरसाइकल सहित दुबै जनालाई नियन्त्रणमा लिई चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद लिई अन्य अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

धर्मले हामिलाइ फरक पार्दैन

वीरगंज ९ चैत्र ।इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको उपलक्ष्यमा वीरगंजका एक हिन्दू युवाले सामूहिक इफ्तारीको आयोजना गरेका छन् ।...

सम्बन्धित खबर