spot_img

मधेस प्रदेशमा एकीकृत समाजवादीले जसपा नेपाललाई नसघाउने,सरकार ढल्ने निश्चित

पढ्न छुटाउनुभयो ?

जेठ १९ / धनुषा 
जनकपुर । मधेस प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले जनता समाजवादी पार्टी नेपाललाई साथ नदिने भएको छ । शनिवार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल  र जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनबिचको भेटमा अध्यक्ष नेपालले सो कुराको जानकारी गराएका हुन् ।
भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टी केन्द्र सरकारमा रहेको र अन्य प्रदेशमा पनि सहभागी भएको बताउँदै यस्तो अवस्थामा विपक्षी गठबन्धनलाई सघाउन नमिल्ने स्पष्ट पारेको स्रोतले दाबी गरेको छ ।

भेटघाटका क्रममा उनले आफ्नो पार्टीभित्र पनि समस्या भएको बताएका थिए । अध्यक्ष नेपालले छलफलका क्रममा भनेका थिए, ‘मधेस प्रदेशको विपक्षी गठबन्धनमा जसपा नेपाललाई सघाउन मन भए पनि पार्टीमा अन्य नेताहरूले नमान्ला जस्तो छ, अरू पार्टीभन्दा हाम्रो पार्टीको अवस्था अलि फरक रहेका कारण समर्थन गर्न गार्हो हुने भयो ।’
तर प्रवक्ता सुमनले एकीकृत समाजवादी मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत दिनेमा सकारात्मक रहेको दाबी गरे । अध्यक्ष नेपालले पार्टीको सचिवालय बैठकमा यसबारे छलफल गरी निर्णय लिने आफूलाई जानकारी गराएको समेत उनले बताए ।

मधेसमा जसपा नेपालका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिँदैछन् । एकीकृत समाजवादी अझै पनि जसपा नेपाल नेतृत्वको सरकारमा सहभागी रहेको छ ।
जसपा नेपालले कांग्रेस, लोसपा नेपाल, एकीकृत समाजवादीले विश्वासको मत दिने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगञ्जमा रास्वपाले खोज्यो  ” आर्थिक मन्दिको अर्थ राजनीतिक निकास “

बीरगञ्ज २१ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी आर्थिक मन्दिको अर्थ राजनीतिक निकास खोज्न मुलुककै आर्थिक राजधानी बिरगंज आइपुगेको छ ।...

सम्बन्धित खबर