spot_img

स्पञ्ज आईरनमा भन्सार महसुल थपेर सरकारले न्याय गरेको छ:- डा. अबुल

पढ्न छुटाउनुभयो ?

जेठ १८ / पर्सा
बिरगंज । सरकारले स्टिल उद्योगको कच्चापदार्थ स्पन्ज आइरनमा लाग्दै भन्सार दर बढाएको भन्दै उद्योगीहरुले विरोध गरेता पनि केही व्यापारी खुसी भएका छन् । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत स्टिल उद्योगको कच्चापदार्थका रूपमा रहेको स्पन्ज आइरनमा भन्सार दर बढाएका हुन ।

अर्थमन्त्री पुनले आर्थिक विधेयकमार्फत स्पन्ज आइरनमा लाग्दै आएको १ प्रतिशत भन्सार दर बढाएर २.५ प्रतिशत पुर्याएपछि उद्योगी बिच्किएका हुन् । त्यसैगरी विदेशबाट आयात हुने स्क्र्याप फलाम (कबाडी फलाम) मा शून्य भन्सार रहेकोमा त्यसलाई १ प्रतिशत पुर्याइएको छ ।

सरकारले करको दर परिवर्तन गरेपछि बिलेट र स्पन्ज आइरनबीच रहेको भन्सार दरको फरक २.५ प्रतिशतमा झरेको छ । बिलेटमा ५ प्रतिशत भन्सार लाग्दै आएको छ । यस्तै बिलेट आयातमा प्रतिटन २ हजार ५ सय रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई हटाइएको छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७८/७९ को बजेटले बिलेट र स्पन्ज आइरनबीच भन्सार महसुल फरक पारेका थियो । त्यसअघि दुवैमा ५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा उक्त बजेटले स्पन्ज आइरनमा त्यस्तो दर १ प्रतिशतमा झारिदिएका थिए ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७८/७९ को बजेटमा केहि व्यापारीलाई फाइदा पुर्याउनका लागि बिलेट र स्पन्ज आइरनबीच भन्सार महसुल फेरबदल गरेको आरोप लाग्दै आएको थियो । एउटै पार्टीका दुई जना मन्त्रीले आ-अफ्नो पालामा गरेको फेरबदलले पनि यो कुराको पुष्टि गर्छ ।

सरकारले स्पन्ज आइरनमा भन्सार महसुल थप गरेर न्याय गरेको डा. अबुल हैस अंसारीले बताउनु भएको छ। उनले सरकार भनेको अभिभावक हो एउटा सन्तानलाई पेलेर अर्को मार्ने उसको नियत हुनु हुदैंन भन्दै विगत कैयौं वर्ष देखि बिलेट आयत गरेर संचालन भएका उद्योगहरु मर्कामा भएको भन्दै अब केहि राहत हुने बताए ।

डा. अबुल केही बर्ष देखि फलामे छड तथा डण्डी उत्पादन गर्ने उद्योग संचालन गर्दै आएको भए पनि विगत तीन वर्ष देखी बन्द भएको आफ्नो उद्योग अब संचालन हुने आशा पलाएकोमा खुसी व्यक्त गर्नु भयो।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी...

सम्बन्धित खबर