spot_img

झलनाथ खनाल प्रतिष्ठानले सर्प पाल्दा भ्रष्टाचार भएको ठहर, तत्कालीन मन्त्री विजय यादव पनि दोषी ठहर

पढ्न छुटाउनुभयो ?

दिपक कुशवाहा वीरगज,१२ असार/
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका नाममा खोलिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ।

झलनाथ खनाल प्रतिष्ठानले सर्प पालन गरेर एन्टिभेनम उत्पादनका लागि सर्लाहीको लालबन्दी नगरपालिकामा प्रतिष्ठानको सहकार्यमा ‘एन्टिभेनम प्रोडक्सन एन्ड रिसर्च सेन्टर, नेपाल स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने गरी रकम निकासा भएको थियो।

मधेस प्रदेश सरकारको आर्थिक वर्ष ०७६र७७ को नीति तथा कार्यक्रममा समावेश भई बजेट वक्तव्यमा नेपाल सरकार र प्रदेश सरकारको लागत सहभागिताका आधारमा सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणको काम अघि बढाउन उक्त बजेट दिइएको थियो ।

प्रदेश सरकारबाट विनियोजित र संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदान रकमबाट योजना अघि बढाउने भनिएको थियो। बजेट निकासा भएपनि कामै नगरी करिब १८ करोड रकम हिनामिना भएपछि अख्तियारले विशेष अदालतमा पूर्वमन्त्री विजयकुमार यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुदा दायर गराएको थियो।

मंगलबार उक्त मुद्दाको सुनुवाइ गर्दै मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री यादवसहित पाँच जनालाई दोषी ठहर गरेको हो।

दुई जनाले भने सफाई पाएका छन्। दोषी ठहर हुनेहरुमा परिषद्सहित तत्कालीन मन्त्री यादवसहित रेवतीप्रसाद पन्त, नातिबाबु भन्ने नवराज भणडारी, देवेन्द्र राय र निरज भण्डारी रहेका छन्। यस मुद्दामा भौतिक पुर्वाधार तथा योजना मन्त्रालयका तत्कालीन सचीव प्रेमकुमार श्रेष्ठ र लालबन्दी नगरपालिकाका तत्कालीन मेयर मानबहादुर खड्काले भने सफाई पाएका छन्।

अदालतले दोषी ठहर गरेकाहरुको सजाय निर्धारणको लागि असार २५ गते पेशी तोकेको छ । अख्तियारले ०८० साल असोज २१ गते विशेषमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -spot_img
spot_img

ताजा खबर

बस दुर्घटनामा १७ जना यात्री घाइते

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा...

सम्बन्धित खबर